११ चैत्र २०७९, शनिवार

तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत

२०७४,आश्विन,३०,सोमवार ०७:४७

0
Shares

नवलपरासी, ३० असोज ।नेपालमा वर्षेनी करिब तीन लाख ३० हजार मेट्रिक टन मासुजन्य बस्तुको उपभोग हुँदै आएकामा करिव ५५ हजार मेट्रिक टन मासु भारत र चीनबाट आयात गरिन्छ ।पशुसेवा विभागका अनुसार ५४ प्रतिशत राँगा, २१ प्रतिशत खसी बोका, १७ प्रतिशत कुखुरा, सात प्रतिशत बंगुर, एक प्रतिशत भेडा र शून्य दशमलव सात प्रतिशत हाँसको उपभोग गर्ने गरिएको छ ।नेपालमा करिब तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत हुने गर्दछ । विशेष गरी काठमाडाैँ, ललितपुर र भक्तपुरमा दशैँ तिहार पर्वलाई मात्र लक्षित गरी रु एक अर्ब ५० करोडको मासुको कारोबार हुने गरेको पशुपक्षी बजार निर्देशनालयका कार्यक्रम निर्देशक बलबहादुर थापाले जानकारी दिए ।दशैँ र तिहार पर्वलाई लक्षित गरी करिब रु तीन अर्ब बराबरको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ । देशभरीको कारोबारमध्ये करिब ६० प्रतिशत कारोबार अन्य बजारमा हुने अनुमान गरिएको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा शंकर साहले जानकारी दिनुभयो । देशका अन्य शहर बजारमा पनि दशैँ र तिहारमा मात्र करिब रु एक अर्ब ५० करोडभन्दा बढीको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ । देशभर खपत हुने मासुजन्य बस्तुको करिब तीन भागमध्ये एक भाग काठमाडाैँ उपत्यकामा खपत हुने गर्छ । नेपाललाई मासुमा आत्मनिर्भर बनाउन सरकारी पक्षबाट किसानलाई प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  लगानीकर्ताहरुको लागि यो साता पनि सेयरबजार नकारात्मक देखिएको छ । नियमित कारोबारको लागि चार कार्य दिन मात्र खुल्ला

काठमाडौं । इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै

काठमाडौं । बुधबार गिरावट आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । बुधबार १ लाख ७ हजार ८ सयमा कारोबार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११