भाेटकाे लागि मात्र गठबन्धनले वृद्ध भत्ताकाे उमेर घटाएकाे केपी आ‍ेलीकाे दाबी

लोकपथ
105
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेरहद बनाएको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताएका छन् । उमेर घटाउनुमा त्याे बाहेक अन्य कुनै लजिक छ ? भन्दै  आ‍ेलीले सरकारलाई प्रश्नसमेत गरेका छन् ।

आ‍ेलीले काँग्रेस नेतृत्वको विगतका सरकारहरुप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मुल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहोर्याए । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको बताए ।

आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गर्दै आ‍ेलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भ्रष्ट रहेको दावीसमेत गरे ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अर्थ मन्त्रालयको सिसीटिभी फुटेज हटाउनु, ड्यामेज गरिनु नै त्यसको पर्याप्त प्रमाण भएको तर्क आ‍ेलीकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?