जापान सरकारद्वारा फुलकुमारी महतो मेमोरियल अस्पताललाई एम्बुलेन्स प्रदान

काठमाडौं । जापान सरकारले सिरहामा रहेको फुलकुमारी महतो मेमोरियल अस्पताललाई एम्बुलेन्स प्रदान गरेको छ । 

नेपालको दुर्गम क्षेत्रका जनतालाई उनीहरुको घरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस अस्पताललाई जापान सरकारले एम्बुलेन्स प्रदान गरेको हो । 

ललितपुरस्थित मेडीसिटी अस्पतालको प्राङगणमा नेपालका लागि जापानका राजदुत सामीशी ओगावाले मंगलवार एक कार्यक्रमको आयोजना गरि अस्पतालका डाइरेक्टर डा. शिवशंकर शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । 

टोयोटा हायस गाडीलाई जापानस्थित टोयो फ्याक्ट्रीले दिएको मोबाईल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका जनताहरुले लाभ पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

जापानमा अध्ययनरत नेपाली लगायत विश्वका विभिन्न देशका विद्यार्थीहरुको संस्था ‘आईज्याक’ नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजना अन्तर्गत उक्त एम्बुलेन्स अस्पताललाई प्रदान गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?