सेयर धितो कर्जामा लगाइएको सीमा संसोधन

लोकपथ
84
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको सीमामा संसोधन गरेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४-१२ करोडको सीमामा संशोधन गरेको हो ।

राष्ट्र बैंकले उक्त प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने व्यवस्था हटाउँदै अब प्रतिव्यक्तिले १२ करोडको सीमा राख्दै एक बैंकबाट नै उक्त सीमासम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो । यसले सेयर बजारलाई प्रभावित पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?