‘८ प्रतिशतकाे आर्थिक वृद्धिदर हासिल गर्न याे मौद्रिक नीतिले सघाउँछ’ : गभर्नर

लोकपथ
14
Shares

काठमाडौं । नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको गर्भनर महाप्रसाद अधिकारीले बताएका छन्  ।

चालू आर्थिक वर्षमा नेपाल सरकारले बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा यसलाई सहयोग गर्नेगरी चालू वर्षको मौद्रिक नीति ल्याइएको गभर्नर अधिकारीले मौद्रिक नीतिको घोषणाकाे क्रममा बताएका हुन् ।

मौद्रिक नीतिको घोषणा गर्दै गभर्नर अधिकारीले बजेटले लिएको ७ प्रतिशतको मुद्रास्फीतिलाई समेत यस पटककाे मौद्रिक नीतिले सहयोग गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?