कोभिड १९ को समयमा लिइएको सहुलियत कटौती हुने

लोकपथ
84
Shares

काठमडाैं । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यव्सथा गरेको उल्लेख गरेका छन् । गभर्नर अधिकारीले कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहने बताए ।

कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती गरिको जानकारी दिँदै गभर्नर अधिकारीले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गरिनेसमेत उल्लेख गरका छन् ।

कर्जाको अधिकरण कम गरी उत्पादनशील क्षेत्र र व्यापारीक क्षेत्रमा प्रवाह हुने ब्याजदरमा अन्तर कायम गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?