वीपीलाई यसरी सम्झछन् राजनीतिक विश्लेषक

लोकपथ
35
Shares

काठमाडौं । श्रावण ६ गते आज, ४०औँ वीपी स्मृती दिवस । उनको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । वीपीका सहयात्रीहरु अहिले जीवित नरहेपनि वीपीले बनाएको बाटो पछ्याएकाहरु अहिले नेपाली कांग्रेसको नेतृवमा छन् ।

नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा वि.पि.को स्थानलाई अहिले पनि महत्वका साथ हेरिन्छ । राजनैतिक विश्लेषक पुरञ्जन आचार्य सशस्त्र क्रान्तिबाट प्रजातन्त्र पुनर्स्थापना र प्रजातन्त्रकै संरक्षण अनि संवर्द्धनमा वीपी कै योगदान अतुलनीय रहेको टिप्पणी गर्छन् । उनले नेपाली कांग्रेसले पाएको अहिलेसम्मको अविष्मरणीय नेतृत्वको भुमिका वीपीले नै गरेको बताए ।

वरिष्ठ पत्रकार किशोर नेपाल वीपीले जस्तो पार्टीकौ कार्यभार अन्य सभापतिहरुले बोक्न नसकेको टिप्पणी गर्छन् । कांग्रेसलाई अग्रगामी दिशामा लैजान वीपीले अभुतपुर्व योगदान गरेको विश्लेषण उनले गरे । उनले नेपालमा आवश्यक सवारी साधनसमेत नभएको बेला वीपीले देशभर घुमेर पार्टीको संगठन विस्तार गरी कांग्रेसलाई पहिलो पार्टी बनाउन गरेको योगदानलाई कसैले बिर्सन नसक्ने बताए ।

राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले व्यक्तिगत स्वार्थभन्दा धैरै माथि उठेर वीपीले प्रजातन्त्रका लागि ठूलो योगदान दिएको स्मरण गरे । उनले नेपाली कांग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व वीपी कै भएको बताए । संविधानसभाका लागि नयाँ राजालाई दबाब सिर्जना गरी कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका स्मरण गरे ।

उनले वीपीले संगठन बनाउन गर्नुपरेको परिश्रम जति अन्य सभापतिले गर्नु नपरेको उल्लेख गरे । नेपाली कांग्रेसका सभापतिहरुले अन्तिममा आए आफूलाई सफल बनाएको इतिहास रहेकोले अहिलेका सभापति शेरबहादुर देउवाले पनि राजनीतिको उत्तराद्र्धमा आफ्नो कार्यकाललाई स्मरणयोग्य बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?