प्रतिनिधिसभामा नागरिकता विधेयक पारित हुने

लोकपथ
70
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आजपनि बस्दैछ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारले नागरिकता विधेयक संसदमा पारित गर्ने भएको छ । संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित हुने जनाएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, कारागार विधेयक २०७८, लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६, लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?