यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
260
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमयदर तय गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३१ पैसा कायम गरेको छ ।

यसैगरी जापानिज येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा रहेको छ ।

राष्ट्र बैंकले मलेसियन रिंङ्गेट एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ७९ पैसा र कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?