१० मङ्सिर २०७९, शनिवार

चलचित्र ‘म’को ट्रेलर सार्वजनिक

२०७९,श्रावण,५,बिहीवार १९:५६

36
Shares

काठमाडौं । नेपाली चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईली लगायतका कालकारको अभिनय रहेकाे छ ।

प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले सुवर्ण थापा निर्देशित फिल्ममा अभिनय गर्न पाउनु आफ्नो लागि अवसर भएको बताए । निर्देशक थापाले बनाएको सर्ट फिल्म मलामीजत्तिको सिनेमा अहिलेसम्म नेपालमा नबनेको दाबीसमेत गरे ।

यस्तै कार्यक्रममा नायक निराजन प्रधानले ममा काम गर्न पाउँदा खुशी लागेको बताए भने ट्रेलर हेर्न पुगेकी नायिका सुरक्षा पन्तले फिल्मले सफलता पाउने विश्वास व्यक्त गरिन् ।

आफ्नो अस्तित्वको खोजिको कथा भन्ने फिल्म ‘म’मा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईलीसँगै पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकाहरु पनि रहेका छन् । फिल्म साउन २० गते प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति: २०७९,श्रावण,५,बिहीवार १९:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँची । लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा बिष्णु बस्याल निर्वाचित भएका छन् । आज सन्धिखर्कमा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष बस्यालको

बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शोे ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगी भएको छ । सलमानलाई डेंगी भएपछि

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

एजेन्सी । कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चड्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह

ताजा समाचार

इलाम–२ मा एमालेका नेम्वाङ्ग निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २३:१९
मोरङ–१ मा कांग्रेसका लिम्बु विजयी
 २०७९,मङ्सिर,१०,शनिवार २२:२९
धनुषा–१ बाट जसपाका कार्की निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २२:१४
इलाम केन्द्रविन्दू भएर भूकम्प
 २०७९,मङ्सिर,१०,शनिवार २०:५७
इलाम–२ मा रोकियो मतगणना
 २०७९,मङ्सिर,१०,शनिवार २०:४२
सुनसरी–२ (२) मा एमालेका मेहता विजयी
 २०७९,मङ्सिर,१०,शनिवार १९:२८