प्रदेशको नाम ‘लिम्बुवान–किराँत’ राख्न माग गर्दै प्रदर्शन

लोकपथ
104
Shares

काठमाडौं । प्रदेश १ को नामकरण लिम्बुवान–किराँत हुनुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । विभिन्न पहिचानवादी संगठनहरूले प्रदेशको नाम लिम्बुवान–किराँत हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुुन् ।

बिहीबार प्रदेश १ का विभिन्न जिल्लाबाट आएर विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि उनीहरूले प्रदेशको नाम लिम्बुवान–किराँत राख्न माग गर्दै प्रदर्शन गरेका छन् । ‘हिमाल, पहाड तराई कोही छैन पराई, हाम्रो पूूख्यौली भूूमी लिम्बुवान, प्रदेशमा सम्पूर्ण पहिचानवादीहरु एक हौं’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । प्रदर्शनकारीले पहिचानबिनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?