एसपीपीमा सहभागी नहुने निर्णय कार्यान्वयन गराउन देव गुरुङको माग

लोकपथ
98
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरेका छन् ।

बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले आनाकानी गरिरहेको बताएका हुन् ।

उनले अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई कसरी सहभागी गराउने भन्ने विभिन्न रणनीति जारी रहेको एसपीपी अस्वीकार गर्नेबारे पत्राचार गर्न सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?