बागमती प्रदेशसभामा दुई विधेयक पेस

लोकपथ
156
Shares

काठमाडौं । बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ ।

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन् ।

बैठकमा अन्य दुई ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि पेस गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे ।

त्यस्तै प्रदेश प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?