लोसपा नेताहरू छलफलका लागि बालुवाटारमा

लोकपथ
0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीसँग छलफलका लागि उनीहरू बिहान ९ बजे बालुवाटार पुगेका थिए । सरकार बाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टीले आगामी राजनीतिक बाटोका सम्बन्धमा छलफल गर्न लोसपाका अध्यक्ष ठाकुरसहित राजेन्द्र महतोलगायतका नेताहरू बालुवाटार पुगेका हुन् ।

पछिल्लो पटक लोसपाले विभिन्न ११ बुँदे माग राखेर गत जेठ २४ मा प्रधानमन्त्री देउवालाई ज्ञापनपज्ञ बुझाएको थियो । ज्ञापनपत्रमा नागरिकता विधेयक, मधेश तथा थारुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयनलगायतका माग राखिएको थियो ।

सरकारमा सहभागी हुने र आगामी चुनावमा गठबन्धन गर्नेबारे लोसपाका नेताहरू देउवासँग लगातार संवादमा छन् । यसअघि पनि उनीहरूबीच पटक–पटक वार्ता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?