एम.अधिकारी खोज्नेहरूलाई महेश बस्नेतको जवाफ- ‘एस.देउवा, पी.दाहाल र ए.राणा देउवा खोज्नुस्’

लोकपथ
299
Shares

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले एम.अधिकारी खोज्नुभन्दा अरु नेताहरूलाई खोज्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद बस्नेतले देशी, विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवपादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होयन र ? भन्दै एम. अधिकारी खोज्नुभन्दा अरु नेताहरूलाई पनि खोज्न सुझाव दिएका छन् ।

अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा कानुनविपरीत गतिविधि गर्नेहरूलाई खोज्नुपर्ने उनको जोड थियो । ‘बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दरहरू गडबड गरेर सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने र कमिसन ६ अर्ब रुपैयाँभन्दा बढी गडबड गर्ने माओवादी नेता जे। शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने होइन र ?’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?