लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रदेश अधिवेशन भदौमा हुने

लोकपथ
21
Shares

खोटाङ । नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

आयोजक कमिटिको सह–संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज राई छन् । अधिवेशनका लागि १७ जातीय घटक संगठनहरूको इन्चार्ज र संयोजक तोकिएको आयोजक कमिटीका संयोजक राईले बताए ।

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा महासंघको प्रदेश स्तरीय भर्चुअल बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?