निर्वाचन आयोगमा ‘चिया पार्टी’ नामको दल दर्ता गर्न पुगेपछि….

लोकपथ
203
Shares

काठमाडौं । निर्वाचन आयोगमा ‘चिया पार्टी’ नामको पार्टी दल दर्ताका लागि पुगेको छ । बिहीबार निर्वाचन आयोगको कार्यालय कान्तिपथमा दर्ताका लागि पुगेको उक्त पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको हो ।

आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको छ । पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाजाको पात राखेपछि कानूनी मान्यताविपरीत हुने भन्दै आयोगले दर्ता गर्न नमानेको बताइएको छ ।

चिया पार्टी दर्ताका लागि आएपछि आयोगका पदाधिकारीसमेत केहीबेर भने चकित भएका छन् । पार्टीको नाम देख्नेबित्तिकै आयोगका पदाधिकारीले हामीलाई जिस्काउन आउनुभएको त हैन भन्दै प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?