काठमाडाैं । राष्ट्रिय सभाको विशेष समयमा बाेल्दै आज (बुधवार) राष्ट्रिय सभा सदस्यहरुले विभिन्न विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै कुन सांसदले के भने त ?
प्रकाश पन्त
राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले सरकारले बनाएका ऐन, कानून कार्यान्वयन भए/नभएको अध्ययन अनुसन्धान गर्न छुट्टै कानून निर्माण गर्नुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद पन्तले यसबारेमा बेलाका हुन् ।
सरकारका कानून बनाउने निकायले कानून बनाए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै सांसद पन्तले संसदले बनाएका कानून पालना भएको छ की छैन भनेर हेर्नुपर्ने स्थिति आएको उल्लेख गरे ।
उनले स्तरीय ऐन कानूनहरु निर्माणसँगै कार्यान्वयन नहुनुका कारण पहिल्याउँदै कार्यान्वयनयुक्त कानून बनाउनको लागि सरकार र सांसदले समन्वयात्मक भुमिका खेल्नुपर्ने बताए ।
राधेश्याम पासवान
त्यस्तै सांसद राधेश्याम पासवानले प्रदेश सांसदहरुले नै संघीयता माथि संसदको रोष्टममा बोलेर संविधानविरुद्ध बोल्नु गलत भएको बताए । उनले कुनै मुख्यमन्त्री, प्रदेश मन्त्री वा सांसदहरुले बजेट हिनामिना गर्याे भन्दैमा संविधानको बर्खिलापमा बोल्न नहुने बताए ।
डा. विमला राई
सांसद डा. विमला राई पौड्यालले अमेरिकी प्रोग्राम एसपीपीसम्बन्धी पत्र अमेरीकालाई किन नपठाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ माग गरेकी छन् ।
सरकारले स्टेट पार्टनरसिप प्रोग्राममा भाग नलिने निर्णय गरेपनि अमेरिकालाई पत्र अहिलेसम्म नपठाएको भन्दै उनले प्रश्न गरिन् ।
सांसद राईले ढल्न लागेको सरकार त्यो पनि भूकम्पले आक्रान्त भएको बेला सहयोग हुने आशाले गरिएको सहमति छलफलबिना राजनीतिक नेतृत्व बेखबर बनाएर सहमति हुनु डर लाग्दो कुरा भएको उल्लेख गरिन् ।
अर्थमन्त्री नहटेसम्म सचिव मन्त्रालय नआउने भनेर बिदामा बस्ने र मन्त्री हटेपछि मन्त्रालय आउने अनी मन्त्रालयमा सिसिटिभी फुटेज नराख्ने र छानबिन समितिसँग बोल्न डराउने कर्मचारीलाई के कारबाही भयो ? उनको प्रश्न थियो । प्रधानमन्त्रीले अर्थमन्त्रीको हैसियतमा संसदमा यस विषयमा जवाफ दिनुपर्ने उनको मागसमेत छ ।
https://www.facebook.com/lokpath/videos/1030473127663855
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया