नदी र चुरे दोहनले नागरिक अधिकार हनन् : पूर्वमन्त्री पोखरेल

लोकपथ
26
Shares

महोत्तरी । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन् ।

महोत्तरीका संघीय संसद समेत रहेका पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेशको जीवन संकट बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । चुरेको प्रमुख उत्पादन सफा पानी समेत हराउँदै गएको उनको भनाइ छ । संसदमा ध्यानाकर्षण गराउँदै नेता पोखरेलले भने,’ नदीनाला उत्खनन् र दोहनलाई हरहालतमा रोक्नुपर्छ ।

चुरे हिमालको सुरक्षा कवच हो । यो रहेन भने हिमालमा हिउँ रहँदैन । मधेशमा पिउने पानी पाइदैन । ठूूला हिमताल फुट्न सक्छन् ।’चुरे संरक्षणको सवालमा हिमाली र पहाडी भेगका बासिन्दा बोल्नुपर्ने अवस्था आएको बताउँदै नेता पोखरेलले तराई भेगका जनताले चुरे दोहनलाई साझा रुपमा उठाउनुपर्नेमा ध्यानाकर्षण गराए ।

नेता पोखरेलले क्रसर माफियाको दादागिरीलाई समेत संसदमा ध्यानाकर्षण गराएका छन् । २५ पुस ०७६ मा धनुषाका पर्यावरण अभियन्ता दिलिप महतोलाई गरेको निर्मम हत्याले चुरे दोहनमा सग्लन गिरोहको भित्रिरुप उजागार भएको बताए ।

क्रसरवालाहरूको अवैध क्रियाकलाप समेत रोक्नुपर्ने नेता पोखरेलले जोड दिए । महोत्तरीमात्र अहिले ३० भन्दा बढी क्रसर उद्योग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?