गठबन्धन रहेपनि एमाले चुनाव जित्न सक्षम छ : शंकर पोखरेल

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमालेलाई प्रतिस्पर्धा गर्न कठिन नहुने बताएका छन् ।

एमाले प्रचार तथा प्रकाशन विभागले बुधबार गरेको अनलाइनका सम्पादकसँगको अन्तरक्रियामा महासचिव पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा विजय हासिल गर्न एमाले सक्षम भएको दावी गरेका हुन् ।

उनले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भनेपनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’ उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए ।

‘आम चुनावका बेला सत्ताको नेतृत्वविरुद्धको रुझान कायम रह्यो भने यो गठबन्धनका विरुद्ध चुनाव लडेर हामीलाई विजय हासिल गर्न सहज हुनेछ भन्ने कुरा बुुझ्न जरुरी छ । त्यसअर्थमा आउने निर्वाचन एमालेका पक्षको निर्वाचन हुनेछ भन्ने हाम्रो बुझाई र विश्लेषण छ’, पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?