विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा हेटौँडा क्याम्पसका २ कर्मचारी निलम्बित

लोकपथ
468
Shares

काठमाडौं । विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लागेका हेटौँडा क्याम्पसका २ कर्मचारी निलम्बित भएका छन् ।

चिट लुकाएको आरोपमा छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौँडा क्याम्पसले निलम्बन गरेको हो । ।

उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रा परीक्षार्थीलाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर दुर्व्यवहार गरेको आरोप छ । दुई छात्रामध्ये एक जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनले प्रयोग गरेको सेनेटरी प्याड खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लाएका छन् ।

साथै घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ भने क्याम्पस प्रमुख डा. देवचन्द्र भट्टको संयोजकत्वमा गठित समितिले ३ दिनभित्र प्रतिवेदन पेश गर्ने छ ।

विद्यार्थीलेहरुले छात्रामाथि दुर्व्यवहार भएको भन्दै क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?