पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा कांग्रेससहित २० दल सडकमा

भारत । पेट्रोल र डिजेलमा भएको मूल्यवुद्धीको विरोधमा भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले बन्दको आह्वान गरेको छ।

बन्दको आवह्यानमा समाजवादी पार्टी, डिएमके, आरजेडी लगायत २० दलको समर्थन रहेको कांग्रेसले जनाएको छ। भारतका अधिकांश राज्यहरुमा बन्दको प्रभाव परेको जनाइएको छ।

भारतमा गत बिहिवार पेट्रोलमा प्रति लिटर १२ र डिजेलमा १० पैसा भारु लिटर वृद्धि गरिएको थियो। भारतको धेरै राज्यहरुमा पेट्रोलियम पदार्थको मूल्य ८० भन्दा माथि पुगेको बताइएको छ।

बन्दको समर्थनमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, पूर्व अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतका नेताहरु उपस्थित थिए । भारतीय कांग्रेसका अध्यक्ष राहुलले युवाहरुको चाहना मोदीले नबुझेको बताए । 


साथै, उनले मोदीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा केही नबोलेको भन्दै मोदी सरकारले चार वर्षमा आम जनतालार्इ लुटेको आरोप समेत लगाए। 

बन्दको समर्थनमा कांग्रेसका कार्यकर्ताहरुले मुम्बर्इका रेलवे स्टेशनहरुमा रेल रोकोु आन्दोलन गरेको बताइएको छ। बन्दका कारण भारतभर चल्ने धेरै रेलहरु आज बन्द गरिएको अधिकारीहरुले जनाएका छन्।

अधिकांश राज्यहरुमा गरेको बन्दको समयमा कांग्रेसका कार्यकर्ताहरुले उज्जैनमा पेट्रोल पम्पमा तोडफोड समेत गरेका छन्। स्थिति नियन्त्रण लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप भएको  छ। बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले भारतको विभिन्न ठाँउका बजार र कार्यालय बन्द गराउनुका साथजै, आगलागी र तोडफोड समेत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?