नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १२ उपसमिति

लोकपथ
65
Shares
{“caption”:” u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0928u0935u094cu0902 u0930u093eu0937u094du091fu094du0930u093fu092f u0916u0947u0932u0915u0941u0926 u0906u092fu094bu091cu0928u093e u0939u0941u0928u0947 u092eu0941u0916u094du092f u0916u0947u0932u0938u094du0925u0932 u092au094bu0916u0930u093e u0930u0902u0917u0936u093eu0932u093eu202fu0964u00a0nn”,”photographer”:””,”alt_text”:””}

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति तय भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा बसेको मूल आयोजक समितिको दोस्रो बैठकबाट १२ समिति तय भएको कार्यकारी समितिका संयोजकसमेत रहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी गराए । विभिन्न उपसमितिको संयोजकसमेत राखेपले घोषणा गर्दै सबै समितिलाई आ(आफ्नो जिम्मेवारी सुम्पिएको छ ।

‘उपसमितिको निर्णय गरेका छौँ । निर्देशिकाले १४ उपसमिति बनाउन दिएको छ । जसमध्ये हामीले १२ उपसमिति बनाएका छौँ,’ घिसिङले भने । अनुशासन समिति र सुरक्षा समिति भने राखेपले केही समयपछि मात्रै घोषणा गर्ने सदस्यसचिव घिसिङले बताए । गठन भएका समितिको सचिव प्रशासकीय र कर्मचारी तथा प्रायस् राखेपकै विज्ञ रहेको सदस्य सचिव घिसिङले बताए । नेपाल सरकारले ६० करोडभित्र नवौँ प्रतियोगिता समापन गर्न निर्देशन दिएको छ ।

प्रतियोगिता २८ असोजदेखि ३ कात्तिकसम्म हुनेछ । जहाँ ३६ खेल आयोजना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?