काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सामूहिक निर्णय र राजनीतिक इमानदारिता आवश्यक रहेकोमा जोड दिएका छन् ।
काठमाडौंमा बुधबार आयोजना भएको एमाले बागमती प्रदेशस्तरीय बृहत भेला तथा अभिमुुखीकरण कार्यक्रममा बोल्दै व्यक्तिगत जिम्मेवारी बहन गर्न छोडेको भन्दै कार्यकर्ताहरूलाई इमान नगुमाउन सुझाब दिए ।
अध्यक्ष ओलीले गत स्थानीय तह निर्वाचनको एक उदाहरण दिँदै कार्यकर्तामा इमानभन्दा बढि बेइमानी बढेको देखिएको बताए । ‘सामूहिक निर्णय हुन छोडेको छ, व्यक्तिगत जिम्मेवारी बहन हुन छोडेको छ’, ओलीले भने, ‘एउटा पालिकाको एउटा वडामा त्यहाँ वडा कमिटी छ, जनसंगठन सबै छन् । वडा कमिटी ३९ जनाको छ । मातहतमा सदस्य थुप्रै छन् । त्यहाँ पदका लागि मारामार हुन्छ तर, वडाको चुनावमा भोट २४ वटा आउँछ ।’
उनले पार्टीमा इमानदारिता र जिम्मेवारी नभएको भन्दै जिम्मेवारी बहन गर्न लाग्नुपर्ने बताए ।
अध्यक्ष ओलीले भने ‘वडा कमिटीमा ३९ जना बस्ने, भोट २४ जनाले हाल्ने हुन्छ? विचार गर्नुस् त सुन्दा कस्तो लाग्यो? यसरी पार्टी चल्दैन । त्यो मति भ्रष्ट र बुद्धिको दुरुपयोग हो’, उनले एमालेको कार्यकर्ता त्यस्तो हुन नहुने बताए ।
उनले त्यो भन्दा बेइमानी, लज्जास्पद र घटिया केही नहुने भन्दै त्यसरी पार्टी नचल्ने चेतावनी दिए । उनले बुर्जुवाहरूले तय गरेका थेउरीहरुमा समेत जवाफदेही र उत्तरदायित्व नबिर्सने भन्दै त्यति पनि कम्युनिस्टहरूमा नदेखिनु चिन्ताको विषय भएको बताए ।
उनले कार्यकर्ताहरूलाई व्यक्तिगत फाइदा र स्वार्थ भन्दामाथि उठेर नीजि हितभन्दा संस्थागत हितमा लाग्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया