काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहनामा सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको बताए । सरकारले विभिन्न बहानामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
उनले भने ‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ तर, विभिन्न बहाना बनाएर निर्वाचन पर सार्ने खतरा छ ।’ समयमा निर्वाचन सम्पन्न हुनुपर्ने र त्यो निर्वाचनबाट राष्ट्रवादी सरकार बन्नुपर्ने उनको भनाइ छ ।
उनले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन बैशाखमा गरिएको त्यो पनि एमालेको दबावले मात्रै सम्भव भएको बताए । ‘स्थानीय निर्वाचन पनि हामीले देख्यौ, फगाुनमा हुनुपर्ने त्यो निर्वाचन बैशाखमा भयो । त्यो पनि आगामी चैतमा गर्ने भनेर गठबन्धनका नेताहरु बोलिरहेका थिए’, ओलीले भने ।
अध्यक्ष ओलीले सरकार सञ्चालकहरु अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको टिप्पणी गरे । देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको ओलीको आरोप छ ।
उनले भने ‘आफ्ना स्वार्थका पछाडि नकुद्ने व्यक्तिले सोच्यो भने मन थाम्न नसक्नेगरी बर्वादीतर्फ देश जाँदैछ ।’ उनले आफ्नो नेतृत्वको सरकार भएका बेला सम्बृद्धि र विकासको लय समाते पनि गठबन्धन सरकार बनेपछि त्यो बिग्रेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया