‘छक्का पञ्जा ३’ को गीतमा दीपकले दीपिका फकाउँदै (भिडियो)

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक भएको छ । दीपकराज गिरी र दीपिका प्रसाईंलाई मुख्य फिचरिङ गराइएको यो गीत लोक शैलीको छ ।

‘पछि उमेर ढल्किन्छ’ बोलको गीतमा निशान भट्टराई र एन्जिला रेग्मीले स्वर दिएका छन् । यस्तै गीतका शब्द अर्जुन पोखरेल र दीपकराज गिरीले लेखेका हुन् । गीतमा अर्जुन पोखरेलको संगीत छ भने महराज थापाले एरेन्ज गरेका छन् ।

दशैं पारेर रिलिज हुने ‘छक्का पञ्जा ३’ को कथा दीपकराज गिरीले लेखेका हुन् । झण्डै एक वर्ष लगाएर तयार गरिएको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरि पौडेल, लक्ष्मी गिरी, शारदा गिरी, दीपिका प्रसाईं लगायतले अभिनय गरेको यो फिल्मले रिलिजको दिन भने अझै सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?