मुस्लिम र थारु समुदाय ‘क्लस्टर’ बाट सरकारी सेवामा जान अवरोध

लोकपथ
28
Shares

काठमाडौं । संघीय निजामती ऐन नबन्दा मुस्लिम र थारु समुदायले आफ्नो ‘क्लस्टर’ बाट सरकारी सेवामा अझै प्रवेश गर्न पाएका छैनन् ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधि हुन पाएपनि निजामती सेवामा भने सो ‘क्लस्टर’ बाट अझै प्रवेश गर्न नपाएको कांग्रेस सांसद तेजुलाल चौधरीले बताए ।

‘सात–सात वर्ष लागिसक्दा पनि संघीय निजामती ऐन बन्न सकेको छैन, जसका कारण अझैपनि थारु र मुस्लिम समुदायले सरकारी सेवामा प्रवेश गर्न खोजेमा आदिवासी–जनजाति समुदायको क्लस्टरबाट छिर्नुपर्छ,’ सांसद चौधरीले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसैले आफनै क्लस्टरबाट निजामती सेवामा प्रवेश गर्न संघीय निजामती ऐनलाई तत्काल पारित गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?