काठमाडौं । पछिल्लो समय चलचित्र ‘कथा काठमाडौं’ को गीत र ट्रेलरबाट चर्चामा आएका अभिनेता प्रमोद अग्रहरी यतिबेला सोही फिल्मको प्रचारमा व्यस्त छन् । धेरै फिल्ममा नदेखिए पनि जति फिल्ममा उनले अभिनय गरेका छन्, ती फिल्ममा प्रमोदले निभाएको भूमिकाको चर्चा हुने गर्छ ।
काठमाडौंमा भेटिएका प्रमोद अग्रहरीले नेपाली फिल्म मुम्बइया फिल्मको ह्याङबाट बाहिर आउन नसकेको बताए । ‘हामीकहाँ फिल्म त बनिरहेका छन्, तर केही फिल्मलाई छोड्ने हो भने नेपाली फिल्म अझै पनि मुम्बइया फिल्मबाट मुक्त हुन सकेका छैनन्’, अग्रहरीले लोकपथलाई भने, ‘जबसम्म हाम्रा फिल्ममा मुम्बईका फिल्मको ह्याङ रहन्छ, त्यतिबेलासम्म नेपाली फिल्मले दर्शक पाउन गाह्रो हुन्छ ।’
झुप्प दाह्री पालेका अग्रहरीले फिल्ममा आफ्नो भूमिकालाई सक्दो न्याय दिन र क्यारेक्टर जस्टिफाइ गर्ने कोशिश गर्ने गरेको समेत बताए ।
‘म हरेक फिल्ममा आफ्नो भूमिका, पात्रको हाउभाउ र उसको मनोविज्ञानलाई जस्ताको तस्तै उतार्ने प्रयास गर्छु, फिल्मका लागि मेरो भूमिका सकभर म आफै चयन गर्छु ।’, उनले भने ।
यतिबेला ‘कथा काठमाडौं’ मा आफूले निभाएको भूमिकालाई लिएर प्रमोद आशावादी पनि छन् । आउँदो असोज १२ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा महिला हिंसाको कुरालाई उठाइएको छ । भने फिल्म काठमाडौंका तीन फरक पात्रलाई उठान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया