मैत्रिपूर्ण खेलमा जर्मनी विजयी

जर्मनी । पेरुविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जर्मनी विजयी भएको छ । 

घरेलु मैदानमा आइतवार राति भएको खेलमा जर्मनीले पेरुलाई २-१ गोल अन्तरले पराजित गर्न सफल भएको हो । 

खेलको २२ औँ मिनेटमा पेरुका लागि लुइस इडभिनकुलाले पहिलो गोल गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो । तर, पेरुले बनाएको अग्रता जर्मनीले तीन मिनेटमा नै तोड्यो । २५ औँ मिनेटमा जर्मनीका जुलियन ब्रान्टले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा पेन पेरुले जर्मनीलाई निक्कै कडा टक्कर दिएका थिए ।  खेल सकिनै लाग्दा जर्मनीका लागि निको स्कुल्जले अन्तिम गोल गरेपछि पेरु स्तब्ध बनेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?