३१ आश्विन २०७८, आईतवार

तरूण दलले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित

२०७५,भाद्र,२५,सोमवार ०३:५८


रोल्पा : नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो । 

बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् । पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ । 

अपराधीलाई कारवाही नहँुदासम्म आन्दोलन जारी रहने नेपाल विद्यार्थी सङ्घ रोल्पाका सचिव नारायण रेग्मीले बताउनुभयो । मृतक पुनको शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरीले जनाएको छ । 

काँग्रेसद्वारा दुःख व्यक्त 
यसैबीच, नेपाली काँग्रेसले पनि आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजीकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ । काँग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

यसैगरी काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो दलका रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ । दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले एक विज्ञप्ति जारी गरी आइतबार दिउँसो सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पुनमाथि गोली हानिएको भन्दै दुःख व्यक्त गरेको हो । 

हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ । हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने जनाएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२५,सोमवार ०३:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । रूपन्देहीको मोतिपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही एक लाख दिने भएको छ ।

काठमाडौं । लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रिहरुले आज

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको समृद्ध

लुम्बिनी । लुम्बिनी प्रदेशका तीन विधेयक आज प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८र७९को सेवा र

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९