काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा मंगलबार प्रचण्ड र बाबुरामको छलफल भएको हो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतम सहभागी छन् ।
उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन । यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक्ने बताइएको छ । गत असार १९ गते पनि पाँच नेताबीच वार्ता भएको थियो ।
यसअघि, आजै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच सिंहदरबारमा करिब एक घण्टा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया