७ कार्तिक २०७८, आईतवार

इन्द्रजात्राको साइत मंगलबारदेखि

२०७५,भाद्र,२५,सोमवार ०१:४४


काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए । 

मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोलाई नगरअर्थात् भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ । नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत दिइएको छ । 

इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार तल्लो टोलमा कुमारी यात्रा गराइनेछ । ९ गते मङ्गलबार माथिल्लो टोलमा कुमारी यात्रा गराइन्छ । असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ । यसरी असोज १२ गते शुक्रबार तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ ।

प्रकाशित मिति: २०७५,भाद्र,२५,सोमवार ०१:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री एवं एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले वर्तमान गठबन्धन निर्वाचित तानाशाहको विरुद्ध उठेको गठबन्धन भएको

काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेसका सांसद इन्द्र बाँनियाले वर्तमान व्यवस्था जोगाउनका लागि गठबन्धनको संस्कार आएको बताएका छन् । बिहीबार

काठमाडौं । बागमती प्रदेशका विपक्षी दलका नेता शालिकराम जमकटेलले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको

काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव पेस गरिएको छ । नेकपा माओवादी केन्द्रका

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४