अमिताभ बच्चनको नयाँ गेटअपपछि फ्यानहरुको प्रश्न- ‘अब रणवीर सिंहले के लगाउछन् ?’

लोकपथ
351
Shares

काठमाडौं । बलिउडका बादशाह अमिताभ बच्चन आफ्नो फिल्म र अभिनयका कारण सधै चर्चामा रहन्छन् । यसबाहेक उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । सामाजिक सञ्जालमा गरेको पोस्टका कारण पनि उनी बारम्बार चर्चामा आउने गर्छिन् ।

अमिताभ बच्चनले प्रायः धेरै थ्रोब्याक फोटो र कविताहरू सेयर गरेको देखिन्छ। तर हालै उनले आफ्ना दुई यस्ता तस्बिर पोस्ट गरेका छन्, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

यसको कारण हो अमिताभ बच्चनको पहिरन । अमिताभ बच्चनले लगाएको अनौठो पोशाकका कारण फ्यानले उनलाई प्रश्न गरिरहेका छन् कि ‘अब रणवीर सिंहले के लगाउने ?’

उनले उक्त तस्बिरमा सेतो हुडी टी-शर्टको साथमा फिटिंग पायजामा लगाएको देखिन्छ। यो स्कर्ट जस्तो देखिन्छ। यो तस्बिरमा फ्यानहरुको निकै रमाइलो प्रतिक्रियाहरु आइरहेका छन् ।

अमिताभ बच्चन चाँडै ‘कौन बनेगा करोडपति’ को नयाँ सिजन लिएर फ्यानहरु माझ फर्कदैछन् । यसपटक पनि शो सुरु हुनुअघि नै उनी आफ्नो उत्कृष्ट प्रोमोका कारण चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?