आगामी निर्वाचनमा आवश्यकता अनुसार तालमेल हुनसक्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

लोकपथ
35
Shares

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुन सक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टीले आगामी संघ र प्रदेशको निर्वाचनमा श्रेष्ठता हासिल गर्ने दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए । उनले भने, ‘निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुन सक्छ ।’

सो अवसरमा उनले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए । पोखरेलले भने,‘संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामाकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?