चितवन टाइगर्समा दुई विदेशी खेलाडी अनुबन्धित

काठमाडौं । चितवन टाइगर्सले  एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ क्रिकेट च्याम्पियनसिपका लागि  दुई विदेशी खेलाडी भित्राएका छन् । 

इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई चितवन टाइगर्सले क्लबमा आवद्ध गराएका हुन् । । इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका फुलर बलिङ अलराउन्डर हुन् । 

मिडल्सेक्सबाटै काउन्टी क्रिकेट खेल्दै आएका होल्डेनको ट्वान्टी–२० मा स्ट्राइक रेट १ सय ३७ माथि रहेको छ । ४४ प्रथम श्रेणीको म्याच खेलिसकेका फुलरले ट्वान्टी–२० मा ७६ म्याच खेल्नेक्रममा झन्डै १ सय ५० को स्ट्राइक रेटमा रन बनाउनुका साथै ९४ विकेट लिएका छन् ।

दोस्रो संस्करणको ईपीएल नोभेम्बरको तेस्रो साताबाट शुरु हुँदैछ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?