‘एपिएल’को ड्राफ्टमा कप्तान पारस, सोमपाल र सन्दिप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सोमपाल कामी अफगानिस्तान प्रिमियर लिग ‘एपिएल’को ड्राफ्टमा पर्न सफल भएका छन् । 

सोमबार ‘एपिएल’का आयोजकले युएईमा खेलाडीको सुची सार्वजनिक गर्दैछ ।  नेपालबाट पारस र सोमपालसँगै सन्दिप लामिछाने पनि परेका छन ।  एशिया कप छनोटपछि स्वदेश फर्किएको नेपाली टिमका महत्वपुर्ण सदस्य सोमपाल र पारस पहिलो चरणको सुचिमा परेको बताइएको छ ।

‘एपिएल’को खेलाडी छनोट समितीको पहिलो चरणको सुचिमा पारस र सोमपाल तथा सन्दिप परेका हुन ।

३ सय ५० भन्दा बढी खेलाडी सम्मिलित सुचीमा एसोसियट खेलाडी रोहन मुस्तफा, चिराग सुरी तथा केली कोट्जेर पनि रहेका छन । त्यस्तै, ओमान, क्यानडा, हङकङका खेलाडी पनि ड्राफ्टमा समावेश गरिएको छ ।

जसमा सबै खेलाडीलाई विभिन्न ६ वटा विधामा राखिएको छ । आयोजकले क्याटागोरीको नाम आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसीसी एसोसियट र इमर्जिङ भनेर राखिएको छ । प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?