‘एशियाड’मा सहभागी नेपाल भलिबल खेलाडी नगदसहित सम्मानित

काठमाठौं ।  इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुद ‘एशियाड’मा १५ औँ स्थान हात पारेको नेपाली पुरुष भलिबल टिमका खेलाडी नगदसहित सम्मानित भएका छन् । 

खेलाडीहरुलाई नेपाल भलिबल संघले नगदसहित आइतवार सम्मान गरेको हो । ‘एशियाड’मा सहभागी २० टिम १५ औँ भएको भलिबलका प्रत्येक खेलाडीलाई भलिबल संघले १० हजार रुपैयाँ प्रदान गरेको हो । 

नेपालले एशियाली खेलकुदमा सहभागी भएको ४ मध्ये तीनमा हार र एक खेलमा जीत हात पारेको थियो । नेपालले मंगोलियालाई पराजित गर्दै पहिलो पटक ‘एशियाड’मा जीत हात पारेको थियो । 

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले खेलाडीहरुको प्रोत्साहनका लागि रकम प्रदान गरेको बताए । 

यता, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले यस पटक बजेट अभावका कारण महिला टिमलाई ‘एशियाड’मा लान नसकेको जानकारी दिए । 

‘एशियाड’मा ऐतिहासिक जीत हात पारेको भन्दै नेपाल भलिबल संघले केक काटेर सेलिब्रेसन समेत गरेको थियो ।  नेदरल्याण्ड्स भलिबल संघको तर्फबाट ‘एनभीए’लाई प्राप्त भएको केट परिषद्का सदस्य सचिव केशव विष्ट, एनभीए अध्यक्ष मनोरन्जन रमण शर्मा लगायतले काटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?