बागमती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने

लोकपथ
78
Shares

काठमाडाैं । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ।

प्रदेशसभाको १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ।

बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए  यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँच वटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?