७ कार्तिक २०७८, आईतवार

यहाँ राम्रो काम गर्नेलाई पुरस्कार होइन, तिरस्कार गरिन्छ : अल्ट्राधाबक शाही

२०७५,भाद्र,२४,आईतवार ११:२४


काठमाडौं । कुल बहादुर शाही, पेशाले सेक्युरिटी गार्ड । 

उनको परिचय यतिमा मात्र सिमित छैन् । उनी नेपालका ‘अल्ट्राधाबक’ पनि हुन् । तर, उनलाई नेपाली खेलकुद क्षेत्रमा कमैले मात्र खेलाडी भनेर चिन्छन् । जतिले चिन्छन, सेक्युरिटी गार्ड भनेर चिन्छन् । 

शाही त्यहि अल्ट्राधाबक हुन् जसले नेपालको ७५ जिल्ला दौडेर कीर्तिमान पनि राखे । उनले बनाएको कीर्तिमानको नेपाल सरकार र खेलुकुद परिषद लगायतले कदर गर्न नसकेकोमा उनी दुःखी छन् । 
प्रायः जसो झोलामा उनले दौडमा पाएको ३ सयको हाराहारीमा रहेको प्रमाणपत्र लिएर मिडिया हाउसमा धाउने गर्छन् । कारण, नेपाल सरकारबाट केही अवसर पाउने आशामा । 

जहाँ राम्रो काम गर्नेलाई पुरस्कार होइन, तिरस्कार गरिन्छ, शून्य हात लाग्छ, त्यस्तो ठाउँमा बसेर काम छैन ।’ यही सोचेर उनी पुनः सेक्युरिटी काममै फर्किए ।

शाहीले लोकपथसँग कुरा गर्दै भने ‘ मैले प्रमाणपत्रको झोला बोकेर हिडेको करिब ६ वर्ष भइसक्यो तर, मैले अहिलेसम्म कुनै अवसर पाएको छैन् । म आर्थिक रुपले पनि कमजोर छु । त्यसमा सुदूरपश्चिमको जुम्लाबाट आएको हुँ । मैले नेताको पछि लाग्ने काम कहिल्यै जानिन् त्यसैले म जस्ताको लागि अवसर नहुँदो रहेछ ।’

वि.स २०६८ सालमा जुम्लाबाट ७५ जिल्लाको दौड शुरु गरेको उनले २ सय १८ दिनमा दौड सफलतापूर्वक सम्पन्न गरेका थिए । त्यतिबेला जुम्ला, मुगु, हुम्ला, कालिकोट, दाचुर्ला, नुवाकोट, इलाम, बिराटनगर, धादिङ हुँदै काठमाडौंमा दौड पूरा गरेका थिए । 

‘म सानै देखि दौडमा रुची राख्थे । त्यति बेला विश्व साइकयात्री पुस्कर शाहलाई टिभीमा देख्दा आफु पनि त्यस्तै हुने कल्पना गर्थे ।

उनीबाटै प्रभावित भएर मैले नियमित दौडिन थाले । दौडिँदै जाँदा शाहीले एक दिन आफैँलाई प्रश्न गरे, ‘पुस्कर शाहले साइकलमा विश्व घुमे भने म मेरो देश किन नघुम्ने ?’ यही सोचले उनले ०६८ पुस २५ गते जुम्ला जिल्ला प्रशासन कार्यालयबाट शुरु गरे, ७५ जिल्लाको दौडयात्रा ।

उनले थपे ‘घरको आर्थिक अवस्था निक्कै नै नाजुक थियो । बुवाले बल्लतल्ल सापटी गरेर दिएको १५ सय रुपैयाँ, १६ वटा कोदो र फापरको रोटी, दुई बोतल पानी र केही प्याकेट चाउचाउ बोकेर म ७५ जिल्लाको दौडमा निस्केको थिए । मैले यो दौड जसरी पनि पूरा गर्छु भन्ने अठोट लिए र दौड पूरा गरेर नै छाडे ।’ 

अहिले उनै शाही ३ सय प्रमाणपत्रले भरिएको झोला बोकेर अवसरका लागि भौतारिइरहेका छन् । उनै शाही अब ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ बनाउने तयारी गरिरहेका छन् । २ मिनेटको समयभित्र नेपालको ७७ जिल्ला र सदरमुकामको नाम भन्दै वल्र्ड रेकर्ड राख्ने उनले बताए । 

‘दौड यात्राका दौरान उनले अनेक दुःख पनि झेले । पुसको ठिहीले उनको आँखै बन्द भयो, मनाङको तल्लो फेदी पुग्दा । त्यो समयमा ताप्लेजुङबाट पर्यटक लिएर आएका शेर्पाले तातो पानीले आँखा सफा गरिदिए । औषधी उपचार गरिदिए । शेर्पाको सहयोग कहिल्यै भल्दिन । गाउँमा वास नपाएर धेरैपटक जंगलमा पनि बसे । आफैँलाई सम्झाउँथे, ‘म त यात्रामा निस्किएको मान्छे । मैले जसरी पनि यात्रा पूरा गर्नुपर्छ ।’ उनले लोकपथलाई बताए । 

साथै, उनले त्यतिबेला कांग्रेस नेता अर्जुननरसिंह केसी र तत्कालीन युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले थुप्रै आश्वासन दिएको पनि बताए ।

‘खेलकुद मन्त्रीले ‘प्रधानमन्त्री कार्यालयमा आउनु हामी के सहयोग गर्नुपर्छ गरौँला भने । तर, दुई हप्तासम्म निरन्तर धाउँदा पनि केही नभएपछि उनी निराश हुँदै हातमुख जोहो गर्ने मेलोमा लागे । सबैले आश्वासन मात्र दिए अन्त्यमा केही पनि गरेनन् ।’ उनले खिन्न हुँदै भने । 

उनले थपे ‘आफुसँग भएको अलिअलि भएको पैसा पनि मन्त्रालय जाँदा–आउँदा सकियो । त्यसपछि म अहिले सेक्युरिटी गार्डको रुपमा काठमाडौं एक कम्पनीमा कार्यरत छु ।’ 

अहिले उनै शाही ३ सय प्रमाणपत्रले भरिएको झोला बोकेर अवसरका लागि भौतारिइरहेका छन् । उनै शाही अब ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ बनाउने तयारी गरिरहेका छन् । २ मिनेटको समयभित्र नेपालको ७७ जिल्ला र सदरमुकामको नाम भन्दै वल्र्ड रेकर्ड राख्ने उनले बताए । 

‘मर्नुभन्दा अगाडि केही गर्न सकु र आफुभित्र भएको कलालाई अरुलाई चिनाउन सके मात्र मलाई आत्मसन्तुष्टि पाउनेछु ।’ उनले भने । 

शाहीले थपे ‘यहाँ राम्रो काम गर्नेलाई पुरस्कार होइन, तिरस्कार गरिन्छ, शून्य हात लाग्छ, त्यस्तो ठाउँमा बसेर काम छैन ।’ यही सोचेर उनी पुनः सेक्युरिटी काममै फर्किए ।

राज्यले कतै अवसर दिन्छ कि भन्ने अपेक्षा अझै बोकेका कुलबहादुरले भने, ‘नेताको वरिपरि घुम्न सकेको भए मैले पनि केही राहत पाउँथे होला । यसरी झोलामा ३ सयवटा प्रमाणपत्र बोेकेर बेवारिसे भएर हिँड्नुपर्ने थिएन कि !’

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन् । शाहीले आठौँ अन्नपूर्ण म्याराथनको १ सय किलोमिटर र ५० किलोमिटरमा पनि भाग लिएका थिए । उनले एथलेट हरि रोकाया, दुर्ग बुढा, सुरज पण्डित, विश्वरुपा बुढा र कान्छिमाया कोजुँ समकालिन साथी भएको पनि बताए । 

उनले साताको तीन दिन काठमाडौंको रिङ रोड र ४ दिन रंगशाला परिसरमा दौड्ने पनि जानकारी दिए ।

क्षमता र लक्ष्यमा अडिग भएका प्रतिभावान खेलाडीलाई पनि अरु खेलाडी सरह नेपाल सरकार र खेलकुद परिषद्ले अवसर दिन सके यस्ता गुनासोहरु सायद कमै मात्र सुनिन्थ्यो होला । तर, विडम्बना यस्तो गुनासोहरु आउँदै जादैँ गर्छन्  भन्ने मनोवृद्धीका कारण नेपाली खेलाडी खाडी देशमा भासिनेदेखि खेल क्षेत्र नै त्याग्नेसम्म हुन्छन् । त्यसैले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । 

 

प्रकाशित मिति: २०७५,भाद्र,२४,आईतवार ११:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका

काठमाडौं । आज प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै छन् । युनाइटेड र लिभरपुलबीचको खेल नेपाली

काठमाडौं । बिमल घर्तिमगरले ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्र क्लबले आइतबार पत्रकार सम्मेलन

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् । आइतबार युवा तथा खेलकुद

ताजा समाचार

मोहन वैद्य डिस्चार्ज
 २०७८,कार्तिक,७,आईतवार १९:१३
गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१