मनोज गजुरेलको ‘सयकडा दश’ यो मितिमा रिलिज हुने

काठमाडौं । हास्यकलाकारहरु पछिल्लो समय टेलिफिल्मभन्दा कमेडी फिल्ममा देखिने बाढी आएको छ । कमेडियन मनोज गजुरेल यो फिल्ममा देखिँदैछन् ।

केही महिनाअघि नै मनोज गजुरेलले यो फिल्ममा अभिनय गर्ने समाचार सार्वजनिक भइसकेको थियो । अहिले रामशरण पाठक निर्देशित ‘सयकडा दश’ को प्रदर्शन मिति रिलिज गरिएको छ ।

भष्ट्राचारमाथिको व्यङ्ग्य गरिएको यो फिल्म माघ १८ गतेबाट रिलिज हुने निर्माण टिमले बताएको छ ।

राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा लेखन पनि निर्देशक पाठककै रहेको छ ।

फिल्मका मुख्य आकर्षक मनोज गजुरेलले फिल्मको कथा मन परेका कारण आफूले फिल्ममा अभिनय गरेको धारणा राखे ।

चलचित्रका बारेमा काठमाडौंमा एक कार्यक्रममा आयोजना गरेर जानकारी गराइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?