कांग्रेसले भ्रातृ संस्थालाई साउनभित्रै पूर्णता दिने

लोकपथ
77
Shares
nlntk’/M !# r}tM g]sf s]Gb|Lo sfo{;ldltsf] a}7s nlntk’/sf] ;fg]kf cfOtaf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूलाई साउनभित्रै पूर्णता दिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले अवधि समाप्त भई गठन हुन बाँकी रहेका भ्रातृ संस्था र पूर्णता प्राप्त नगरेका भ्रातृ संस्थालाई साउनभित्रै पूर्णता दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसमा अधिकांश भ्रातृ संस्थाको महाधिवेशन भएको छैन । तीमध्ये नेविसंघ, तरूण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा अध्यक्ष मात्रै नियुक्त गरिएको छ । यी भ्रातृ संघसंस्थालाई साउनभित्र पूर्णता दिई संघीय तथा प्रदेश सभा निर्वाचन तयारीका लागि गाउँगाउँमा खटाउने तयारी कांग्रेसको छ ।

यसअघि पार्टी विधानअनुसार काम नगरेको, महाधिवेशन सकेको छ महिनाभित्र गरिसक्नुपर्ने काम नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाकाे आलोचना हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?