काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मूल्यवृद्धिका कारण जनताको अवस्था जटिल बन्दै गएको बताएका छन् ।
एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले सोमबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले मूल्यवृद्धिका कारण जनताको चुल्हो नै बल्न नसक्ने अवस्था आएको बताए ।
मूल्यवृद्धिले जनताको चुल्हो नै बल्न नसक्ने अवस्था आएको भन्दै ज्ञवालीले आफ्नो घरमा पनि दुईथरी तरकारी पकाउन सक्ने स्थिति नरहेको तर्क गरे ।
‘मैले नै घरमा एकथरी तरकारी पाक्नेछ भन्ने सम्झौता गर्नुपर्ने स्थिति भयो’, उनले भने ‘दुईथरी तरकारी पकाउन सक्ने अवस्था मेरो छैन । मन्त्री पनि भए, सांसद पनि धेरै वर्षदेखि छु, तर नसकिने अवस्था आयो ।’
उपमहासचिव ज्ञवालीले सरकारले उच्च मूल्यवृद्धि गराउँदा आमउपभोक्ता मर्कामा परेको बताए । उनले वर्तमान सरकारले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेकोे बताए ।
‘कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो’, उपमहासचिव ज्ञवालीले भने ।
आर्थिक हिसाबले मुलुक कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको भन्दै उनले त्यसलाई रोक्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया