‘युइएफए’ नेसन्स लिगमा स्पेनको विजयी शुरुवात

इंग्ल्याण्ड । युइएफए नेसन्स लिग फुटबल अन्तर्गत स्पेन विजयी भएको छ । 

वेम्ले स्टेडियममा आइतवारर भएको खेलमा स्पेनले इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । लुइस इनरिकेको प्रशिक्षणमा रहेको स्पेनले घरेलु टोली इंग्ल्यान्डमाथि सहज जीत हात पारेको हो । 

खेलको ११ औँ मिनेटमा मार्कोस रासफोर्डले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।  रासफोर्डले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै  स्पेनका लागि साउल निगुरेजले बराबरी गोल फर्काए ।

त्यस्तै, खेलको ३२ आँ मिनेटमा रोड्रिगोले गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल स्पेनले २-१ ले जित्यो । 
जितपछि स्पेनले समूह ‘ए’ मा ३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?