प्रदेश–१ को नामबारे सहमति जुटाउन सभामुखले बोलाए बैठक

लोकपथ
26
Shares

विराटनगर । प्रदेश–१ नामबारे सहमति जुटाउन सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रदेशको नामाकरणका लागि साझा धारणा आउन नसकेपछि सभामुखले छलफलका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

दलहरु नामाकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका छन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामाकरणका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यसै अधिवेशनबाट प्रदेश १ को नामाकरणका गर्ने प्रतिवद्धता जनाएका दलहरुले साझा नाम अझै टुंगो लगाउन सकेका छैनन् । एमालेले प्रदेशको नाम कोसी राख्नका लागि छलफलमा प्रस्ताव राखेको छ । कांग्रेस संसदीय दलले सप्तकोसी छलफलमा लगेको छ ।

यस्तै माओवादीले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने बताउँदै आएको छ । दलहरुबीच साझा सहमति गराउने प्रयासस्वरुप छलफल आह्वान गरिएको पराजुलीले बताएका छन् । सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?