कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ ५७ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

साताको अन्तिम दिन पनि यही मूल्यमा कारोबार भएको सुन आइतबार पनि स्थीर भएको हो । 

यस्तै तेजाबी सुन ५७ हजार ५०० मा कारोबार हुँदा चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको छ।  चाँदीको मूलयमा पनि साताको अन्तिम दिनजस्तै स्थिर मूल्यमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?