‘युएस ओपन’ टेनिसको उपाधि जापानकी ओसाकालाई, फाइनलमा सेरेना पराजित

अमेरिका । जापानकी नाओमी ओसाकाले पहिलो पटक यूएस ओपन टेनिस च्याम्पियनसिपकोको उपाधि जितेकी छिन् । 

शनिवार राति सम्पन्न भएको महिला एकलतर्फको फाइनल खेलमा नाओमीले ६ पटक युएस ओपन च्याम्पियन अमेरिकी सेरेना विलियम्सलाई दुई-शुन्यको निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएकी हुन् ।

यो उपाधिसँगै ओसाका ग्राण्डस्लामको उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छिन् । 

खेलको पहिलो सेटमा ६-२ ले सहजै पराजित भएकी सेरेनाले दोस्रो सेटमा भने ओसाकालाई कडा टक्कर दिएकी थिइन् । ओसाकाले दोस्रो सेटमा सेरेनालाई ६-४ को सेटमा हराइन । 

खेलका दौरान सेरेना र एम्पाएरबीच विवाद समेत भएको थियो ।पछि सेरेना आफैले माफी मागेकी  थिइन् । सेरेनाले रेफ्रिलाई चोर भनेपछि उनले माफी मागेकी हुन् । 

जितपछि जापानीज खेलाडी ओसाकाले लामो समयदेखि सेरेनासँग खेल्ने इच्छा पुरा भएको जानकारी दिइन् । यसअघि सेरेनाले ६ पटक युएस ओपन टेनिस, ७ पटक अस्ट्रेलियन ओपन, ३ पटक फ्रेन्च ओपन टेनिस तथा ७ पटक विम्बल्डन टेनिस च्याम्पियनसिपको उपाधि जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?