३१ आश्विन २०७८, आईतवार

पशुपति र स्वयम्भूका बादरमा आन्द्राको क्यान्सर देखि झाडापखाला गराउने जीवाणुसम्म

२०७५,भाद्र,२४,आईतवार ०५:४९


काठमाडौं । स्वयम्भू र पशुपतिका बाँदरमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । सो क्षेत्रका बाँदर व्यापक मात्रामा बिरामी भएको जानकारी पाएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल (सिएमडिएन) नामक सस्थाले बाँदरको दिसा संकलन गरी अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानका क्रममा यस्तो जीवाणु फेला परेको हो ।

तीन महिना लगाएर गरेको अनुसन्धानमा ती बाँदरहरुमा झाडापखालाको व्यापक समस्या देखिएको छ । सिएमडिएनका अनुसार बाँदरमा देखिएको क्याम्पिलो व्याक्टेरीया अर्थात झाडापखाला गराउने जीवाणु मानिसमा पनि सर्न सक्छ । पशुपति र स्वयम्भूका बाँदरमा देखिएको क्याम्पिलो ब्याक्टेरीया सहजै मानिसमा सर्न सक्ने भएकाले सो क्षेत्र बढी जोखिममा देखिएको सिएमडिएनले जनाएको छ । सो क्षेत्रको आधिकारीक अनुमति पाएपछि  संस्थाले बाँदरमाथी अनुसन्धान गरेको थियो ।

उच्च जोखिममा मानिस 
मानिसमा यो जीवाणुले सामान्य झाडापखाला गराउँने देखि अल्सर, ग्याष्ट्रिक र क्यान्सर सम्म पनि गराउँछ । तर, उनिहरुको उपचारमा क्याम्पिलो ब्याक्टेरीया हेरिदैन । हामीले गरेको अनुसन्धानले बाँदरबाट सहजै मानिसमा क्याम्पिलो ब्याक्टेरीया सर्ने सम्भावना देखिएको छ । मानिसमा देखिएको झाडापखाला, अल्सर, ग्याष्ट्रिक र क्यान्सर यही भाईरसको परिणाम पनि हुन सक्छ उनिहरुले भनेका छन् । 

१ सय ११ नमुना परिक्षण गरीएकोमा ६३ वटा नमुना क्याम्पिलो ब्याक्टेरीया पोजेटिभ देखिएको थियो । उक्त ब्याक्टेरीयाका कारण सो क्षेत्रमा बसोवास गर्ने, घुम्न जाने र बाँदर तथा त्यसको दिसा संग सम्पर्क हुने नागरिक जोखिममा हुनसक्ने अधिकारीहरुको भनाई छ । 

मानिसमा सरे आन्द्राको क्यान्सर गराउँछ 
मानिसमा यो जीवाणुले साधारण झाडापखाला लगाउनुका साथै ग्याष्ट्रिक, अल्सर र जटिल स्थीतिमा आन्द्राको क्यान्सर पनि गराउँन सक्छ । विशेषत बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई क्याम्पिलो व्याक्टेरीया नामक जीवाणुले आक्रमण गर्दछ । अनुसन्धानमा संलग्न सिएमडीएनकी मनिषा विष्टले भनिन, हामीले गरेको अनुसन्धानले मान्छेमा झाडापखाला गलाउन सक्ने क्याम्पिलो ब्याक्टेरीया हामी वरपर भएका बाँदरहरुमा पनि भएको पुष्टि गरेको छ । 

विष्टका अनुसार  पशुपति र स्वयम्भुमा पाईने बाँदरका प्रजाती र मानिसमा लाग्ने कतिपय रोगको प्रकृति मिल्दा जुल्दा हुन्छन् । त्यसैले सो क्षेत्रका बाँदरमा क्याम्पिलो ब्याक्टेरीया देखिनु जनस्वास्थ्यको हिसावले सचेत बन्ने अवसर हो । 

यसरी जोखिम छ मानिसलाई
पशुपति र स्वयंभूका बाँदरमा भएका रोगको प्रजाती मानिस संग मिल्दा जुल्दा देखिएका छन् । बाँदरमा देखिएको सो क्याम्पीलो ब्याक्टेरीया वातावरण, पानी र खानेकुराका माध्यमबाट सहजै मानिसमा सर्न सक्छ अनुसन्धानमा आवद्ध मनिषा विष्ट भन्छिन । उनका अनुसार पशुपति र संयम्भूका बाँदरहरु मानिसको नजिक आउँने खानेकुरा खोसेर खाने, जता पायो उतै दिसा गर्ने गर्छन । त्यस्तो अवस्थामा संक्रमित जनावर साथिसंग सम्पर्कमा आउँने त्यसबाट मासिनमा जीवाणु सर्ने सम्भावना धेरै हुन्छ ।’ उनिहरुले झाडापखाला, अल्सर, ग्याष्ट्रिक र क्यान्सर भएका बिरामीहरुमा ग्याम्पिलो ब्याक्टेरीया जाँच गर्न पनि चिकित्सकलाई आग्रह गरेका छन् । बाँदरले दिसा गरेको स्थानमा कुकुर, बिरालो, कुखुरा, लगायत अन्य जनावरहरुले छुन सक्छन् । जसले गर्दा यी जनावरहरु पनि संक्रमित हुन्छन र यी जनावरहरुको संम्पर्कमा आउँने मानिस पनि जोखिममा पर्छन ।  

कहाँबाट लाग्यो क्याम्पिलो ब्याक्टेरीया बादरलाई
अनुसन्धानकर्ताले बाँदरमा कहाबाट क्याम्पिलो ब्याक्टेरीया सर्यो भन्ने खोजिको बिषय भएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा छ । जसले यस्ता विषयमा खोजबिन गर्नुपर्ने हो । तर, अहिले सम्म यस्ता बिषयमा सरकारको ध्यान पुगेको छैन । बाँदरमा देखिएको क्याम्पिलो ब्याक्टेरीया कसरी आयो यसले मानिसलाई कति समस्या पारेको छ सरकारले खोज्नुपर्ने अधिकारीहरु बताउछन् । आफ्नो वरपर भएको जनावरका बारेमा सम्बन्धीत निकाय सचेत हुनुपर्ने पनि उनिहरुले बताएका छन् । 

जनावरबाट मानिसमा सर्ने जीवाणु
चिकित्सकका अनुसार क्याम्पिलो ब्याक्टेरीया जनावरबाट मान्छेमा सर्ने जीवाणु मध्येमा पर्छ । विशेष गरी कुखुरा, गाई, भैसी, सुङगुरहरुमा पाईने यो जीवाणु कुकुर र बिरालोमा पनि व्यापक मात्रामा देखिन्छ । मुलतःखानाबाट मान्छेमा सर्ने यो जीवाणु पानी लगायत अन्य वातावरणिय कारणले पनि मान्छेमा सर्न सक्छ । यसबाट बच्न आफु वरपरको सरसफाईमा ध्यान दिने । राम्रोसंग पाकेको मासुमात्रै खाने, सफा पानीको प्रयोग गर्ने साथ साथै आफु वरपर भएका जनावरहरुको स्वास्थ्य स्थितिको बारेमा पनि सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०७५,भाद्र,२४,आईतवार ०५:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खाना खाएपछि हामी सामान्यतया केही बेर सुस्ताउँछौँ वा केही समय स्थिर भएर बस्छौँ । यो तपाई हामी सबैको चलन हो

युरिक एसिड भएका व्यक्तिहरूलाई चाडपर्वको समयमा सबैभन्दा नमिल्ने भनेकै खानपिन नै हो । अझ दसैँ जस्तो महान् चाडपर्वको अवसरमा युरिक

चाडपर्वको अवसरमा नेपालीहरूको खानपानमा व्यापक परिवर्तनहरू देखिने गर्छ । अझ वर्ष दिनमा एक पटक आउने चाडबाडको समयमा सबैले घरमै मिठो

चाडपर्व त्यसमा पनि दसैँ तिहारको अवसरमा नेपालीको खानपिन अरू समयको भन्दा बेग्लै र धेरै हुने गर्छ । त्यसैले यो दसैँमा

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३