अब शेयर बेचेपछि पूर्जी काट्न नपर्ने, डीअार्इएसको सट्टा र्इडीअार्इएस

काठमाडौं : अबउप्रान्त पूँजीबजारका लगानीकर्ताले शेयर बेचेपछि पूर्जी काट्नुनपर्ने भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यसअघि शेयर बिक्री गरेपछि राफसाफका लागि धितोपत्र दलाल (ब्रोकर) को खातामा शेयर जम्मा गराउन डेबिट र्इन्ट्रक्सन स्लीप (डीअार्इएस) भर्नुपर्ने प्रावधान राखेको थियो । तर, डीअार्इएस प्रणालीलार्इ विस्थापित गर्दै अब उप्रान्त र्इलेक्ट्रोनिक्स डेबिट र्इन्स्ट्रक्सन स्लीप (र्इडीअार्इएस) शुरू गर्न लागेको हो ।

हाल सीडीएसको 'मेरो शेयर' एप प्रयोग गरिरहेका लगानीकर्ताले र्इडीअार्इएस नि;शुल्क प्रयोग गर्न पाउनेछन् । अहिले ३ लाख १६ हजार लगानीकर्ताले मेरो शेयर प्रयोग गरिरहेका छन् ।

र्इडीअार्इएस प्रणाली शुरू गरेपछि लगानीकर्ताको समय बचत हुनेछ भने शेयरको कारोबार गर्न पनि सजिलो हुने सीडिएसले जानकारी दिएको छ । सेयर बिक्रीपछि राफसाफका लागि आफ्नो खाताबाट ब्रोकरको खातामा सेयर जम्मा गराउन डीअार्इएस पूर्जी काट्नुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?