डीएसपीले धकेलेपछि वडाध्यक्ष भन्छन्–‘यो भन्दा ठूलो अन्याय के हुन्छ?’

लोकपथ
77
Shares

बुटवल । बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ ।

वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस्,’ उनले भने ।

तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए ।

वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ? भनेर प्रश्न गरेका छन् ।  नगरप्रमुख रामकृष्ण खाँण र प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।

आफू अनुुकूूल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाँणले गणपुरक संख्या पुग्दापुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगरसभा स्थगित गर्दै आएका छन् । तिलोत्तमाको नगर कार्यपालिका र नगरसभा दुवैमा एमालेको बहुमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?