मन्त्रीलाई सांसद्का २६ प्रश्न

काठमाडौँ-सरकारका काम कारबाहीका सम्बन्धमा विभागीय मन्त्रीलाई संसद्मा प्रत्यक्ष प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको प्रावधान कार्यान्वयनमा आएसँगै प्रश्न दर्ता गर्ने क्रम बढेको छ ।
अघिल्लो साताबाट सुरु भएको प्रश्नोत्तरका लागि प्रतिनिधिसभा प्रश्न व्यवस्थापन शाखामा २४ वटा नयाँ प्रश्न दर्ता भएका छन् । पुरानासहित २६ प्रश्न शाखामा विचाराधीन छन् । निर्धारित बारअनुसार सांसद्ले आइतबार प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनेछन् । अन्य मन्त्रीका लागि पनि बार तोकिएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

विचाराधीन २६ प्रश्नमध्ये चारवटा प्रश्नमा प्रश्नकर्ता सांसदले लिखित जवाफ माग गरेका छन् । अन्य २२ प्रश्नमा भने मौखिक जवाफ माग गरिएको छ । लिखित जवाफ माग गरिएका प्रश्नहरू भने प्रतिनिधिसभाको पूर्ण बैठकमा पेस हुँदैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?